चीनमा विदेशी लगानीको विस्तार तीव्र, बहुराष्ट्रिय कम्पनीहरूको प्रतिबद्धता कायमै

२०८१ पुष १५ गते सोमबार
सारांश
  • ग्रुनफोस चीनका अध्यक्ष जोन मार्कम्यानले सियान विमानस्थलमा ऊर्जा दक्षतामा योगदान पुर्याएको बताएका छन् ।

चीनको अर्थतन्त्रमा विदेशी लगानी वृद्धि झनै हुन थालेको छ । विदेशी कम्पनीहरूले चीनप्रति आफ्नो प्रतिबद्धता नवीकरण गर्दै देशभित्र आफ्नो उपस्थिति विस्तार गरिरहेका छन् ।

 

डेनमार्कको पम्प निर्माता ग्रुनफोस ग्रुपले चीनमा ठूलो लगानी गर्दै आफ्नो व्यापारिक गतिविधि तीव्र पारेको छ । ग्रुनफोस ग्रुपले चालू वर्षको मार्चमा पूर्वी चीनको जियाङ्सु प्रान्तमा १० करोड अमेरिकी डलरको लागतमा निर्माण परियोजना सुरु गरेको थियो ।  

सन् १९९५ देखि चीनसँगको सम्बन्ध कायम गर्दै आएको यस कम्पनीले हालसम्म चीनका ४० भन्दा बढी ठूला तथा मध्यम विमानस्थलहरूमा पम्प उपलब्ध गराइसकेको छ ।

 

ग्रुनफोस चीनका अध्यक्ष जोन मार्कम्यानले सियान विमानस्थलमा ऊर्जा दक्षतामा योगदान पुर्याएको बताएका छन् । उनले भने, ‘सियान विमानस्थलको तेस्रो चरणको परियोजनामा, ग्रुनफोसले ४७ सेट बुद्धिमान पम्प स्किड्स र ८० भन्दा बढी पम्प र नियन्त्रण समाधानहरू प्रदान ग¥यो जसले ऊर्जा दक्षतालाई अनुकूल बनाउँदै सञ्चालनका लागि आवश्यक ऊर्जा खपतलाई उल्लेखनीय रूपमा घटाएको छ ।’


फ्रान्सको औषधि कम्पनी सानोफीले बेइजिङमा नयाँ उत्पादन आधार निर्माण गर्न १ अर्ब यूरोको लगानी गर्ने घोषणा गरेको छ । यो चीनमा कम्पनीले गरेको सबैभन्दा ठूलो एकल लगानी हुुनुको साथै चीनको जैव–औषधि कच्चा पदार्थ उत्पादन उद्योगमा कुनै पनि बहुराष्ट्रिय औषधि कम्पनीको पहिलो उपस्थिति हो । सानोफीका सीईओ पल हडसनले भने, ‘चीनमा लगानी गर्नु हाम्रो लागि ठूला अवसरहरू ल्याउने छ । यो लगानी सही निर्णय हो, र चीन सरकारको सहयोगले यसलाई सम्भव बनाएको छ ।’

 

चीन सरकारले आउँदो वर्षमा विदेशी कम्पनीहरूको लागि अर्थतन्त्र अझै खुला बनाउने प्रयासहरूलाई तीव्र बनाउने योजना सहित आफ्नो व्यापार अभ्यासहरूलाई अन्तर्राष्ट्रिय व्यापार नियमहरूसँग मिलाउन जोड दिने जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार